Thursday, September 24, 2015

मेरो यो गित

विभिन्न कारणबस दुर्घटना परि आफ्नो शरीरमा आगोले पोलेका र उक्त घटना पश्चात् आफुलाइ समाजमा स्थापित गराउदै आएका केही बिरामिका लागि एउटा गित लेखेको छु। कस्तो होला सल्लाह चाइयो।



पोल्यो यो शरीर मेरो
जलेन यो मन
जिउदै छु जिन्दगी आफ्नो
खुसी छ यो तन।।

पीडा थियो दु:ख थियो
खुसी छु अब
हास्नु रैछ बाच्नु रैछ
थाहा पाए जब।।

जिउने छु सबका लागि
गाउदै आफ्ना गित
साथ दिन्छु सबैलाइ
बनी उनकै मीत।।

आउ हामी अघि बढौ
गर्दै हाते मालो
तोडनै पर्छ अघि बढन
आफ्नै मनको जालो।।



No comments: